२०७३ पुष २२ गते १६:०६ विकासन्युज
पाँचथर, २२ पुस । नेपाल बङ्गलादेश बैंकले पाँचथर जिल्लाको फिदिममा ३९ औं शाखा खोलेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, फिदिम उद्योग वाणिज्य संघका अध्यक्ष मित्र प्रसाद काफ्ले तथा बैंकका संचालक मुकुन्द नाथ ढुङ्गेल र पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले सो शाखाको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
साथै कार्यक्रममा बैंकको एटिएम पनि सुभारम्भ गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै साथै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रामिण क्षेत्रमा वित्तिय पहुँच विस्तार गर्ने अभियान अन्तर्गत फिदिममा नयाँ शाखा खोलेको बताएका थिए ।
हाल बैंकको शाखा संख्या ३९ पुगेको छ भने २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३७ वटा बुथ रहेका छन् । बैंकले आर्थिंक बर्ष २०७३/७४ को पहिलो त्रैमासिकमा ३९ अर्ब ६० करोड निक्षेप, ३४ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको नाफा भने २२ करोड ५० लाख पुगेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.