२०८० फागुन २४ गते १८:३३ विकासन्युज
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपचारका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्यान्सरको उपचार गराइरहेका गुरुङको उपचारका लागि सो मात्राको सहयोग गर्ने निर्णय गरेको हो ।
प्रवक्ता सरस्वती अर्याल तिवारीले गुरुङको जटिल रोगको उपचार भइरहेकोले सहयोग दिने निर्णय गरिएको जानकारी दिइन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.