२०७९ चैत २६ गते १३:१४ विकासन्युज
काठमाडौं । धौलागिरी बेसक्याम्पमा हेलि एभरेष्टकाे हेलिकप्टर दुर्घटनामा परेको छ । पोखराबाट धौलागिरी बेसक्याप पुगेको उक्त हेलिकप्टर टेकअफकाे क्रममा दुर्घटनामा परेको हो ।
९ एन ए एन वी नम्बर भएको हेलि एभरेष्टको उक्त हेलिकप्टरले आइतबार मध्यान्ह १२ बजे पोखराबाट धौलागिरी बेस क्यापका लागि उडान भरेको थियो ।
‘उक्त हेलिकप्टरले धौलागिरी र अन्नपूर्ण बेस क्यापमा सामान लैजाने गरेको थियो, धौलागिरी बेसक्यापमा सामान झारेर टेकअफ गर्ने क्रममा भित्तामा ठोकिएर जहाज दुर्घटनाग्रस्त भएको हो’, नागरिक उडड्यन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।
उनका अनुसार जहाजमा पाइटल श्रीया अधिकारी मात्र रहेका थिईन । उनको एयर डाइनास्टीकको हेलिकप्टरबाट उद्धार गरी मेडिसिटी अस्पतालमा ल्याउन लागिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.