२०७३ असोज १३ गते १४:३६ विकासन्युज
काठमाडौं, १३ असोज । बिहीबार मात्र २ अर्ब ९६ लाख ६२ हजार ०६१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सिटिजन बैंकको १ करोड ६८ लाख कित्ता सेयर र प्रभु बैंकको ६४ लाख १७ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।
त्यसैगरी, स्टान्डार्ड चाटर्ड बैंकको ५६ लाख ४२ हजार कित्ता सेयर र रिलायन्स फाइनान्सको ७ लाख ४२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
सो दिन फेवा विकास बैंकको ९ लाख ४६ हजार ६७७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब फेवा विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.