२०७३ भदौ ५ गते ३:३६ विकासन्युज
काठमाडौं ५, भदौ । नेपालमा पुनर्बीमा कम्पनी स्थापना भएको करीब दुर्ई वर्ष पुग्न लाख्दासमेत यसका लागि कारोबार गर्ने ब्रोकर तयार हुन नसक्दा समस्या भएको छ । पुनर्बीमा कम्पनी आएर कारोबार थालेको दुई वर्षसम्म पनि नेपालमा नै ब्रोकर कम्पनी स्थापना हुँन नसक्दा बार्षिक करोडौ रुपैयाँ कमिशनमार्फत विदेशीले लैजाने गरेका छन्
नेपालमै स्थापना भएका र कारोबारसमेत गरिरहेका बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीबीच करोबारमा विदेशीलाई कमिशन दिएको खुलासा भएको छ । नेपालकै बीमा र पुनर्बीमा कम्पनीबीचको कारोबारमा विदेशी ब्रोकरले चलखेल गर्दा करोडौं रुपैयाँ कमिशनका रुपमा विदेशीले लगेको तथ्य सार्वजनिक भएको छ ।
नेपाल ब्रोकरकम्पनी नहुँदा बिमक र पुनर्बीमा कम्पनीबीच दलालीको काम विदेशी कम्पनीले मात्रै गर्दै आएको उल्लेख छ । विदेशी कम्पनीले दलाली गरेका कारण पनि नेपालबाट करोडौं रुपैयाँ कमिशनबापत बाहिरिने गरेको छ ।
नेपालमा दलाल कम्पनी नभएकै कारण नेपाका बीमा र विदेशी पुनर्बीमा कम्पनीबीचको दलालको काम भारतीय कम्पनीले गर्ने गरेका छन् । भारतीय कम्पनी जेबी बोडा र बीएस दस्तुले दलालीको काम गर्दै आएको उल्लेख छ ।
नेपालमा जेबी बोडाले स्थानीय एजेन्ट्समार्फत नेपालमा काम गर्ने गरेको छ भने अन्य कम्पनीले भने आवश्यकता अनुसार स्थानिय एजेन्ट्स राज्ने वा प्रतिनिधि कार्यालय स्थापना गर्ने गरेका छन् । विदेशी कम्पनीले आफूलाई जसरी सहज हुन्छ त्यसैगरी नेपालमा आएर पुनर्बीमाको डिल गर्ने गरेका छन् ।
नेपालमा पुनर्बीमा कम्पनी एक वर्ष अगाडि नै स्थापना भइसकेको छ । तर, यसका लागि ब्रोकरको काम गर्ने दलाल भने तयार भएका छैनन् । बीमा समितिमा एक निजी कम्पनीले आवेदन दिएको भएपनी आवश्यक प्रकृया नपुगेको समितिले जानकारी दिएको छ ।
नेपालमा विदेशी कम्पनीले नै पुर्नबीमाको डिल गरिरहेको नेपाली कम्पनीबाट नै दक्षताका साथ काम गर्न चाहेको बीमा समितिले जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.