२०७९ वैशाख ५ गते १८:३८ विकासन्युज
काठमाडौं । क्रिप्टोकरेन्सीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पछिल्लो दुई वर्षम ६६ करोड ७९ लाख रुपैँयाको क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपा २२ वर्षीय अनुप मिश्र, २४ वर्षीय दिपेश थापा र २७ वर्षीय राहुल चचानलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मिश्रले सन् २०२१ देखि कारोबार गरेको र उनी एक्लैले यो अवधिमा ३५ करोड ४६ लाख रुपैयाँभन्दा बढी कारोबार गरेको छ ।
पक्राउ परेका दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राहुल चचानले भने पछिल्लो एक वर्षदेखि क्रिप्टोकरेन्सी कारोबार गरेको र उनले ६ करोड ५३ लाखभन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ ।
हाल उनीहरूमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको कार्यालयले जनाएको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.