२०७८ पुष १ गते १४:२६ विकासन्युज
बुटवल । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर सार्वजनिक गरेकाे छ ।
कम्पनीले बुधबार युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको हाे ।
यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट–ईन–क्लास फिचर्सका साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध रहेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.