माइक्रोम्याक्सद्धारा सेल्फी फोर मोबाइल सार्वजनिक, मूल्य ११ हजार मात्र

  २०७३ असार २१ गते १३:११     विकासन्युज

काठमाडौं, २१ असार । भारतीय ब्राण्ड माइक्रोम्याक्सले नेपाली बजारमा क्यू ३४९ क्यानभास सेल्फी फोर सार्वजनिक गरेको छ । उक्त कम्पनी बजेट मैत्रीका साथै स्टेट अफ आर्ट फोन तथा प्रिमियम फोनहरु सार्वजनिक गर्न प्रसिद्ध रहेको छ ।

micromaxकम्पनीका अनुसार क्यू ३४९, १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसरमा संचालन हुन्छ भने यसमा १ जीबीको र्याम रहेको छ । ५.० इन्चको एचडीसहितको उक्त फोनमा २,५०० एमएएचको ब्याट्री राखिएको छ । यसमा उच्च रिजोल्यूशनसहितको ८ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्ट फेसिंग क्यामरासहित आउँछ, जसमा प्रोक्सिमिटसी सेन्सर प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले बताए अनुसार १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसरमा आधारित यो स्मार्टफोनमा भएको ट्याप सेन्सले यो फोनलाई थप आकर्षक बनाएको छ । साथै फोटो खिच्दै फोन कलको जवाफ दिन सकिने छ । उक्त फोनमा ८ मेगापिक्सेलको प्राथमिक क्यामरा र ८ मेगापिक्सेलकै फ्रन्ट फेसिंग क्यामरा रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनको अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा ड्यूल माइक्रो सिम प्रयोग हुन्छ । यसमा ८ जीबीको इन्टरनल रोम रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ भने यसले थ्रीजी सपोर्ट गर्दछ । बजारमा यसको मूल्य ११ हजार ११० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । उक्त फोनले कुनैपनि समयमा प्रयोगकर्तालाई कार्यक्षमतामा निराश बनाउँदैन भन्ने कम्पनीको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.