बजार खुलेको १० मिनेट नबित्दै चार कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले बढ्यो

  २०७७ असोज ४ गते ११:१७     विकासन्युज

काठमाडौं । आज(असोज ४ गते) सेयर बजार खुलेको १० मिनेट नबित्दै चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ११ बजेर ९ मिनेट जाँदा बजारमा लिवर्टी ईनर्जी कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स र सिभिल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

जसमध्ये लिवर्टी ईनर्जी कम्पनीकाे पहिलाे पटक दाेश्राे बजारमा सेयर काराेबार भएकाे हाे । हालै आईपीओ बाँडफाँड गरी गत शुक्रबार(असाेज २ गते) नेप्सेमा सूचीकृत भएकाे कम्पनीकाे सेयर आजबाट दाेश्राे बजारमा किनबेच भएकाे छ ।

जसकाे पहिलाे काराेबार प्रतिकित्ता ३०० रूपैयाँ भएकाे छ । आइतबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो ।

त्यस्तै, सिभिल बैंक हिमालयन बैंकसँग मर्जरमा जाने हल्लाले सिभिल बैंककाे सेयर मूल्यमा सर्किट लागेकाे हाे । कम्पनीकाे सेयर मूल्य १५ रूपैयाँले बढेर प्रतिकित्ता १६५ रूपैयाँ पुगेकाे छ । 
याे अवधिमा नेप्से परिसूचक ३१.१४ अंकले बढेर १६०३ अंकमा पुगेकाे छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ६.०४ अंकले बढेर ३१८ अंकमा पुगेकाे छ ।

११ बजेर ९ मिनेट जाँदासम्म १३० कम्पनीकाे १५ कराेड ५३ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भइसकेकाे छ । ५ हजार एक सय ६७ पटक भएकाे काराेबारमा ५ लाख ४३ हजार एक सय ५५  कित्ता सेयर  किनबेच भएकाे छ ।


याे पनि पढ्नुहाेस्ः

लिवर्टी ईनर्जीको पहिलो कारोबार कतिमा भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.