२०७७ साउन १८ गते १२:१० विकासन्युज
काठमाडाैं । काेराेना भाईरस (काेभिड-१९) काे कारण भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनकाे आइतबार बिहान लखनऊको एसजीपीजीआई अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।
उनी साउन १ गते काेभिड-१९ बाट संक्रमित भएकी थिइन् ।
कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बनेकी थिइन् । उनलाई गत वर्ष मन्त्री बनाइएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.