९ महिनामा सिद्धार्थ बैंकको नाफा १६३ करोड, आरओई १५.२६, ईपीएस २४.७१%
२०७६ वैशाख १२ गते १०:२२ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंकले यो आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब ६३ करोड नाफा कमाएको छ । बैंकले उक्त अवधिभित्र आयकरपछिको १ अर्ब ६३ करोड ३३ लाख ९२ हजार रुपैंया खुद मुनाफा आर्जन गर्दा प्रतिशेयर २४.७१ रुपैंया आम्दानी गरेको हो, यो आम्दानी अघिल्लो त्रैमाससम्मको वार्षिक आम्दानीभन्दा कम हो । अघिल्लो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २५.३२ रुपैंया थियो ।
प्रतिशेयर आम्दानी घटेपनि बैंकको कर्जा र निक्षेपको आकारमा भने उल्लेखनीय सुधार भएको छ । कर्जाको आकार १०१ अर्ब पुग्दा बैंकले १०५ अर्ब पुर्याएको छ, यो आकार अन्तरबैंक ऋण तथा सापटीको रकम बाहेकको हो । बैंकले रिजर्भको आकारमा भने सामान्य मात्र सुधार गरेको छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात १२.४० प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.३६ प्रतिशत, कस्ट अफ फण्ड ७.५४ प्रतिशत, सीसीडी अनुपात ७८.९१ प्रतिशत, आधार ब्याजदर १०.३७ प्रतिशत, ब्याजको स्प्रेडदर ४.१५ प्रतिशत, स्वपुँजीमा प्रतिफलको अनुपात (आरओई) १५.२६ प्रतिशत र सम्पत्तिमा प्रतिफलको अनुपात (आरओए) १.६२ प्रतिशत छ ।