माछापुच्छ्रे बैंक र चिरायु नेशनल अस्पतालबीच सेवा सम्बन्धी सम्झौता

  २०७५ फागुन ८ गते १७:०१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेशनल अस्पतालका सेवाहरुमा १५% सम्मको छुट पाउने छन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
मलुकभर बैंकका ९३ वटा शाखाहरु लगायत ६२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५५ स्थानबाट ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११५वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.