नेपाल चेम्बर अफ कमर्श र थाइ उद्योग महासंघ बीच द्विपक्षीय व्यापारी सम्झौंता

  २०७५ पुष २ गते १७:३४     विकासन्युज

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्श र थाइ उद्योग महासंघ (द फेडरेशन अफ थाइ इन्डस्ट्रिज) बीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्ने बारे सम्झौंता भएको छ । थाइल्याण्डका लागि नेपालका राजदूत खगनाथ अधिकारीको उपस्थितिमा भएको सम्झौंतामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र थाइ उद्योग महासंघका अध्यक्ष सुपान्त मोङकोलोस्थ्रीले हस्ताक्षर गरेका छन् ।

थाइ उद्योग महासंघका अध्यक्ष मोङकोलोस्थ्रीले नेपाल चेम्बर अफ कमर्ससँग सम्वन्ध स्थापित गर्न पाएकोमा खुशी व्यक्त गर्दै द्धिपक्षीय व्यापार तथा लगानी विस्तारमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालले आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्न चाहेको बताउँदै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको बताएका छन् ।

नेपाल भारत र चीनजस्तो ठूलो जनसंख्या भएको देशको बीचमा रहेको बताउँदै त्यसबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउने जानकारी दिएका छन् । नेपालबाट ३० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुने वस्तुमा भारतमा शुन्य भन्सारमा निकासी हुन पाउँछ । पछिल्लो समयमा ट्रान्जिट लागत घट्दो क्रममा रहेको बताउँदै विस्तारै पूर्वाधार क्षेत्रमा समेत लगानी भएकाले सामान विश्वबजारमा प्रतिस्पर्धी हुन थालेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.