२०७५ साउन २७ गते १५:३६ विकासन्युज
काठमाडौं । एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधाका सबै शाखाबाट लिन सक्ने छन् ।
हाल बैंकले २ सय ३३ शाखा, २ सय २१ एटीएम काउण्टर, १४ एक्सटेन्शन काउण्टर तथा १५ शाखारहित बैङ्किङ एकाई मार्फत वित्तीय सेवा दिँदै आएको छ । गतअसार मसान्त सम्म बैंकले १ खर्ब ४९ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब २० अर्व रुपैयाँ कर्जा लगानी गरेको कम्पनीले बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.