२०७५ असार २५ गते १२:५६ विकासन्युज
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विराटनगरको मोरङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैंकको ७३औँ शाखा हो ।
सोही दिन साबिकको बैंकको धादिङ्ग बेशी शाखा धार्केमा स्थानान्तरणभएको छ । त्यसैगरी गत मिति २०७५/०३/२४ गते साबिकको बैंकको लायन्सचोक नारायणगढ स्थित शाखाको स्थानान्तरण भई हाकिमचोक, चितवनबाट बैकिङ्ग कारोबार सञ्चालनमा आएको बैंकले जनाएको छ ।
बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ । बैंकले हालसम्म २६ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल बैंकले ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.