महालक्ष्मी विकास बैंकको शाखा विराटनगरको मोरङमा, धादिङ्ग बेशीको शाखा स्थानान्तरण

  २०७५ असार २५ गते १२:५६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विराटनगरको मोरङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैंकको ७३औँ शाखा हो ।

सोही दिन साबिकको बैंकको धादिङ्ग बेशी शाखा धार्केमा स्थानान्तरणभएको छ । त्यसैगरी गत मिति २०७५/०३/२४ गते साबिकको बैंकको लायन्सचोक नारायणगढ स्थित शाखाको स्थानान्तरण भई हाकिमचोक, चितवनबाट बैकिङ्ग कारोबार सञ्चालनमा आएको बैंकले जनाएको छ ।

बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ । बैंकले हालसम्म २६ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल बैंकले ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.