बीपीसीले आँधिखोला वितरण केन्द्रअन्तर्गतको विद्युत महसुल बढाएपछि स्थानीयकाे विराेध

  २०८१ जेठ १४ गते १६:०६     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) ले विद्युत महसुल वृद्धि गरेपिछ निर्णय गरेपछि स्थानीयले विरोध गरेका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिकामा उत्पादन तथा वितरण केन्द्र रहेको बुटवल पावर कम्पनीले  विद्युत महसुल वृद्धि गरेपछि स्थानीयले संघर्ष समिति बनाएर महसुल वृद्धिकाे विरोध गरेका हुन् ।

संघर्ष समितिले मंगलबार  रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै स्थानीय तथा सरोकारवालाको विरोधका बीच विद्युत नियमन आयोगले महसुल वृद्धि गरेपछि विराेध गर्नुपरेकाे बताएकाे छ ।

अहिले भएकाे वृद्धिदरअनुसार २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकका लागि हालको न्यूनतम प्रतियुनिट २ रुपैयाँबाट बढाएर २.९० पैसा पुर्‍याइएको छ भने २५० युनिट बढी खपत गर्ने ग्राहकका लागि प्रतियुनिट १० रुपैयाँ ३० पैसा तोकिएको छ । तर, यो महसुल दर विद्युत प्राधिकरणको न्यूनतम खपतमा लिइनेभन्दा सस्तो भएको बीपीसीको भनाइ छ ।

ग्रामीण क्षेत्रको अवधारणा लिएर २०४९ सालमा आधिखोला केन्द्रको नाममा स्थापना भएको परियोजना पछि आएर बुटवल पावर कम्पनी बनेको थियो ।

स्थानीयको साझेदारीमा काम गर्ने र स्थानीयलाई सेवा सुविधा दिने उद्देश्यले स्थापना भएको परियोजना पछिल्लो समयमा घाटामा गएको भन्दै जबर्जस्ती विद्युत महसुल बढाउन लागेपछि जनप्रतिनिधिदेखि स्थानीयले त्यसको विरोध गरेका छन् ।

सरकारले पछिल्लो समयमा २० देखि ५० युनिटसम्म विद्युत महसुस निशुल्क गर्न लागेको समयमा जनताको ढाड सेक्नेगरी ६५ प्रतिशतसम्म विद्युत महसुस वृद्धि गरेपछि स्थानीय सरकारदेखि सांसदसम्म सबै एक भएर यसको विरोधमा उत्रिनुपरेकाे स्थानीयकाे भनाइ छ ।

कार्यकाल सकिन लागेको अघिल्लो दिन तत्कालीन अध्यक्ष दिल्लीबहादुर सिंहले जबर्जस्ती विद्युत महसुल बढाउने निर्णय गरेपछि स्थानीयहरूले आयोगका पदाधिकारी आर्थिक चलखेलको आरोपसमेत लगाउँदै आएको बताएका छन् ।

‘उपभोक्ता नभएको ठाउँमा सार्वजनिक सुनुवाइ गरेर विद्युत नियमन आयोगले स्थानीयलाई झुक्याएको हाम्रो ठहर छ, वृद्धि भएको मूल्य फिर्ता नभएसम्म सबै प्रकारका आन्दोलन गर्न हामी तयार छौं, यसै सन्दर्भमा शुक्रबार विद्युत नियमन आयोगको कार्यालय सानो गौचरन पुगे ध्यानाकर्षण पत्र समेत बुझाएका छौं, हाम्राे माग बेलैमा सम्बाेधन गरेर बेलैमा थप क्षति हुनबाट राेक्न सम्बन्धित निकाएकाे ध्यानाकर्षण गराउँछाैं,’ विज्ञप्तिमा उल्तलेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.