१२ लाख ४१ हजार नोक्सानीमा चिरख्वा हाइड्रोपावर, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

  २०८१ जेठ १४ गते ८:३६     विकासन्युज

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ लाख ४१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

कम्पनीलले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत १२ लाख ४१ हजार रुपैयाँ नोक्सानी बेहोरेको जनाएको हो ।

पुस मसान्तसम्म कम्पनीले ८ लाख ७९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ४७ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको कर्मचारी खर्च ५ लाख १४ हजार रुपैयाँ र प्रशासनिक खर्च ७ लाख २६ हजार रुपैयाँ रहेको छ ।

हालसम्म कम्पनीले विद्युत बिक्रीबाट कुनै आम्दानी गरेको छैन । कम्पनीको प्रतिसेयर आम्दानी ०.३१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९८.८२ रुपैयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७८ रुपैयाँ ६८ पैसा, मूल्य आम्दानी अनुपात १७४३.९४ गुणा ऋणात्मक र तरलता अनुपात ०.२३ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.