संसदीय छानबिन समिति बनाउने बाटो खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

  २०८१ जेठ १३ गते १२:४५     विकासन्युज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन बाटो खुल्ला गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन समिति बनाउन बाटो खुला गर्न आग्रह गरेका हुन् । उनले छानबिन समिति बनाउने सन्दर्भमा गृहमन्त्रीले नेतृत्व गर्नुपर्ने बताए ।

छानबिन समिति बनाउँदैमा दोषि र निर्दोष नहुने भन्दै निर्दोष भएमा पुनः गृहमन्त्रीको रुपमा आउन सकिने पनि बताए । नयाँ दलहरु पुरानो दलको विकल्पको रुपमा आएका भन्दै सहकारी प्रकरणले नयाँ शक्तिहरुले पनि नाक देखाउने ठाउँ नरहेको जानकारी दिए ।

‘प्रतिपक्षमा एउटा बोली आज सरकारमा अर्को बोली गर्ने हो भने म गृहमन्त्रीलाई भन्न चाहन्छु तपाई हामीलाई हेर्नुस्, जनताले हामीलाई भोट यिनै पुराना दलले काम गरेनन् भनेर यिनीहरुको विकल्पमा हालेको भोट हो । गृहमन्त्रीज्य छानविन समिति बनाउन दिनुस् । छानविन समिति बनाउनुपर्यो । गृहमन्त्रीले यसको नेतृत्व गर्नुपर्यो । छानबिन समिति बनाउनुपर्छ । जनतालाई न्याय दिनुपर्छ’, उनले भने ।

उनले प्रतिपक्षमा हुँदा एउटा बोली र सत्तामा हुँदा अर्को बोली नगर्न पनि गृहमन्त्रीलाई आग्रह गरे । नेपाली कांग्रेको नाराबाजीकोबीच प्रतिनिधि सभा बैठक चलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.