अण्डाको समर्थन मूल्य तोकियो, एक क्रेटको कति ?

  २०८१ जेठ १३ गते ८:१७     विकासन्युज

काठमाडौं । नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । संघको संघको शनिबार बसेको बैठकले चितवनलाई आधार मानी आजदेखि लागु हुने गरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।

नयाँ निर्धारण भएको मूल्यअनुसार मिडियम साइजको अन्डा प्रतिक्रेट ४६५ रुपैयाँ पर्नेछ । ठूलो अन्डा प्रतिक्रेट ४८० रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय रुपैयाँ पर्ने संघले जनाएको छ ।

नयाँ निर्धारण गरिएको मूल्य पहिलेको भन्दा बढेको हो । गर्मीका कारण अण्डा उत्पादन घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.