मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

  २०८१ जेठ १२ गते १३:५४     विकासन्युज


काठमाडौं । मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८०’ का लागि दरखास्त आह्वान गरेको छ । आगामी असार ५ गतेभित्र फाउन्डेसनमा निवेदन पेस गर्नुपर्नेछ ।

फाउन्डेसनले जारी गरेको सूचनाअनुसार सामाजिक न्याय, पर्यावरण संरक्षण, आर्थिक समृद्धि विभेरदरहित समाज निर्माणका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवीन प्रयोग गरी समाजमा महत्वपूर्ण योगदान पु¥याएका एक जनालाई पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कारको राशि १ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ । मदन भण्डारी जन्मजयन्तीका दिन असार १४ गते प्रदान गरिनेछ ।

फाउन्डेसनले २०६८ सालदेखि समाजमा विशेष योगदान गरेका व्यक्तिलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.