नेपालका ६ ट्राभल र ५ कार्गो कम्पनीलाई क्याथेको सम्मान

  २०८१ जेठ १२ गते १२:१७     विकासन्युज

काठमाडौं । हङकङको क्याथे प्यासिफिक एयरवेजले नेपालका ट्राभल तथा हवाई कार्गो कम्पनीहरूलाई सम्मान गरेको छ ।

क्याथेले सन्२०२३ मा उसको व्यापारमा विशेष सहयागे पुर्‍याउने ती कम्पनीलाई सम्मान गरेको हो ।

क्याथेले गत बिहीबार राजधानीको होटल मेरिअटमा कार्यक्रम गरी ६ ट्राभल र ५ कार्गो कम्पनीलाई सम्मान गरेको हो ।

क्याथेले ओशो वर्ल्ड ट्राभल नेपाल, सुमेघ टुर्स एन्ड ट्राभल्स, बोन ट्राभल एन्ड टुर्स, रुपाकोट इन्टरनेसनल ट्राभल र प्रबास ट्राभल एन्ड टुर्स तथा भारत हुँदै उत्कृष्ट आम्दानी गराउन सफल सेभेन स्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सलाई सम्मान गरेको हो ।

त्यसैगरी कार्गो कम्पनीहरू पायोनियर कार्गो, हिमालयन ट्राभल एन्ड टुर्स, सांग्रिला इन्टरनेसनल फ्रेट, लिजेन्ड कार्गो र मुक्तिनाथ डे कार्गोलाई पनि क्याथेले सम्मान गरेको थियो ।

क्याथेको दक्षिण एसिया, मुध्यपूर्व र अफ्रिकाका क्षेत्रीय महाप्रबन्धक राकेश राइकर, कस्टमर ट्राभलका क्षेत्रीय प्रमुख आनन्द येडेरी, कार्गो क्षेत्रीय प्रमुख राजेश मेनन, नेपाल प्रमुख जुनु मलेकु र क्याथेको नेपालस्थित जनरल सेल्स एजेन्ट (जीएसए) अमरावती ट्राभल्सका सीईओ जुगेश श्रेष्ठले अवार्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

‘नेपालमा हाम्रो व्यापार विस्तारमा उल्लेख्य सहयोग गर्ने कम्पनीलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ,’ क्याथेका क्षेत्रीय महाप्रबन्धक राइकरले भने, ‘यात्रु तथा कार्गो सेवा अझै उत्कृष्ट बनाउँदै लाने योजनामा तपाईंहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।’

क्याथेका नेपाल प्रमुख मलेकुले ट्राभल तथा कार्गो साझेदार कम्पनी सधैं महत्त्वपूर्ण रहेको बताइन् ।

‘हामी यात्रु र कार्गोलाई उत्कृष्ट सेवासहित गन्तव्य पुर्याउन सधैं मिहिनेत गरिरहेका छौं । यसमा हाम्रा साझेदार कम्पनीको सहयोग विशेष हुने गर्छ,’ उनले भनिन् ।

क्याथे प्यासिफिकले हाल नेपालका लागि सातामा पाँच उडान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.