सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्प सुरु

  २०८१ जेठ ११ गते १४:४५     विकासन्युज

काठमाडौं । नेपालका लागि सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ ।

शुक्रबारदेखि नेपालभरका आधिकारिक डिलर तथा आफ्नै शोरुममा प्रारम्भ भएको सो एक्सचेन्ज क्याम्प आगामी मंगलबार सम्म चल्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार सो स्पेसल इभेन्टमा ग्राहकले फाइदाका साथ अल्टिमेट इलेक्ट्रिक एसयूभीमा अपग्रेड हुने अवसर प्राप्त गर्नेछन् ।

सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पमा ग्राहकले अन द स्पट कार भ्यालुएसन, बेस्ट एक्सचेन्ज रेट, एक्सचेन्ज बोनस र इजी फाइनान्सिङ अप्सन जस्ता फाइदा लिन सक्नेछन् ।

अन द स्पट कार भ्यालुएसन अन्तर्गत ग्राहकले आफ्नो अहिलेको कारको भ्यालुएसन तुरुन्तै गराउन सक्नेछन् । त्यसैगरी आफ्नो कारको सकेसम्म बढी मूल्य अर्थात बेस्ट एक्सचेन्ज रेट पाउन सकिने छ भने पुरानो कारसँग नयाँ सेरेस कार एक्सचेन्ज गर्ने भएकाले एक्सचेन्ज बोनसको रुपमा थप रकम प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.