एयोन गाडीको नयाँ शोरुम थापाथलीमा

  २०८१ जेठ ११ गते ११:१७     विकासन्युज

काठमाडौं । सिजी मोटर्सले एयोन गाडीको नयाँ शोरुम उद्घाटन गरेको छ । बिहीबार सिजी मोटर्सले काठमाडौंको थापाथलीमा एयोन गाडीको नयाँ शोरुम उद्घाटन गरेको हो ।

कम्पनीले ग्राहकहरुको सहजताको लागि काठमाडौंको थापाथलीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । चिनियाँ कम्पनी जीएसी मोटर्सको एयोन गाडीको शोरुम चिनियाँ राजदूत छेन सोङ्ग, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशन निर्वाण चौधरी र जीएसी इन्टरनेशनलका भाइस जीएम स्टिभेन वाङ लगायतले संयुक्त रुपमा गरेका हुन् ।

कम्पनीका अनुसार आधुनिक, सुरक्षित र आरामदायी अनुभवको संयोजन रहेको एयोन वाइमा १०० किलोवाटको मोटर छ । जसले २२५ एनएमको अधिकतम टर्क दिन्छ । यसको लिथियम आइरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ केडब्लूएच छ, जसमा ६.६किलोबाव चार्जको पनि सुविधा छ ।

फुलचार्जमा यस इभीले ५०० किमी भन्दा बढीको रेञ्ज प्रदान गर्दछ । एयोन वाइको अगाडि र पछाडि दुबै चक्का डिस्क ब्रेक छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ मिमि छ ।

हाल नेपालभर १२० स्थानमा चार्जिङ सेवा दिंदै आएको र थप ५० ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.