सान्भी अटो लिकंले नयाँ बानेश्वरमा उद्घाटन गर्यो टिभिएसको नयाँ शोरुम

  २०८१ जेठ ११ गते ९:५२     विकासन्युज

काठमाडौं । सान्भी अटो लिकंले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । हास्य कलाकार सन्दीप क्षेत्री र भक्तपुर वडा नं.२ का सांसद दुर्लभ थापाले रिबन काटेर बिहीबार शोरूमको उद्घाटन गरेका हुन् ।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू शोरुमबाट उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिकंका सञ्चालक श्रीकृष्ण थापाले जनाएका थिए ।

उपभोक्ताहरूको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ सञ्चालन भएको सान्भी अटो लिङ्कको नयाँ शोरुमले टिभिएस बाइक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.