समृद्धि फाइनान्सद्वारा विद्यार्थिलाई स्टेशनरी वितरण

  २०८१ वैशाख २४ गते १७:५५     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले बनेपा शाखा र मधुवन शाखाबाट विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिबार बनेपाको शिक्षा सदन माध्यमिक विद्यालयका ४० जना र सोमबार मधुवन शाखाबाट श्री जनता माध्यमिक विद्यालयका ३० जना विद्यार्थिलाइ कापी र कलम वितरण गरेको हो ।

फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये स्टेशनरी वितरण कार्यक्रम अन्तर्गत विपन्न वर्गका ७० विद्यार्थिलाइ कापी र कलम वितरण गरेको हो । साथै वैशाख महिना भित्र आफ्ना औरही, गैर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.