गर्मीले ट्याक्सी चालकको जनजीविकामा असर

  २०८१ वैशाख २३ गते १०:१५     विकासन्युज

काठमाडौं । म्यानमारका धेरै भागहरूमा अत्याधिक तापक्रमले मानिसहरूको दैनिक जीवनमा उल्लेखनीय प्रभाव पारेको छ । विशेष गरी ट्याक्सी चालकहरूको जीविकोपार्जनमा समस्या आएको बताइएको छ ।

म्यानमारको मौसम विज्ञान तथा जलविज्ञान विभागले जारी गरेको प्रतिवेदनले दक्षिणपूर्वी एसियाली देशका धेरै क्षेत्रमा हालैका दिनहरूमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गरेको देखाएको छ । म्यानमारभर पारा बढेको बेला, स्वास्थ्य मन्त्रालयले सल्लाहहरू जारी गरेको छ । नागरिकहरूलाई उनीहरूको भलाइको रक्षा गर्न आवश्यक सावधानी अपनाउन र अत्यधिक गर्मीमा सुरक्षित रहन आग्रह गरेको छ ।

देशको मौसम एजेन्सीका अनुसार याङ्गुनमा हालैका दिनहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रहेको छ । मण्डलेका साइकल ट्याक्सी चालक यू थेन टानले हालैको गर्मीले मेरो आम्दानी आधाले घटेको बताए । म्यानमारको दोस्रो ठूलो शहर मण्डलेमा कार चालकहरूको तुलनामा साइकल चालकहरूको संख्या बढी छ ।

दिउँसो बाहिर निस्कनेहरू मात्रै बाहिर निस्किएका र धेरैजसो मानिसहरूले बाहिर निस्कन छाडेकाले आआर्जन घटेको बताए । अप्रिल २८ मा, मण्डलेमा ७७ वर्षककै सबैभन्दा बढी गर्मी भएको थियो । तापक्रम ४४.८ डिग्री सेल्सियस पुगेको थियो । अप्रिलमा मण्डलेमा गर्मीका कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.