भन्सार छलेर ल्याइएका ८ लाखका स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

  २०८१ वैशाख २० गते १२:२३     विकासन्युज

काठमाडौं । भारतबाट भन्सार छली गरी ल्याइएका ८ लाख रुपैयाँ बराबरका मोबाइल डिस्प्ले बाँके प्रहरीले बरामद गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले यी डिस्प्ले नेपालगञ्जबाट बरामद गरेको हो ।

भारतबाट भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएका ४०० पिस डिस्प्ले बरामद गरिएको हो ।

प्हरीका अनुसार डिस्प्ले भित्र्याउने व्यक्तिलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.