सन सेक्युरिटिजले ल्यायो विदेशका नेपाली श्रमिकलाई निःशुल्क रेमिट डिम्याट खाता

  २०८१ वैशाख २० गते ११:५८     विकासन्युज

काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।

यस खाताको माध्यमबाट विदेशमा बस्ने नेपालीलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्न सहज हुने कम्पनीको विश्वास छ ।

कम्पनीले विदेशमा रहेका नेपालीले आफ्नो पेसाबाट जम्मा गरेकाे बचतबाट केही रकम  नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुगोस् भनेर यो सेवाको सुरुवात गरेको बताएको छ ।

सनको ‘मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता’ को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेसामा आबद्ध नेपालीले समेत खोल्न सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीको वेबसाइट www.sunsecurities.com बाट open account मा गएर वा सिधा https://www.sunsecurities.com/portal.html बाट रेमिट डिम्याट खाता छनौट गरी आवश्यक कागजातहरु संलग्न गरी खाता खोल्नुका साथै सन सेक्युरिटिजका कर्मचारीसमक्ष भिडियोमा उपस्थित भई भिडियो केवाइसि भेरिफाई गर्न सक्ने वा स्वयंले भिडियो केवाइसिमा दिइएको निर्देशनको पालना गरी भिडियो केवाइसी भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

कम्पनीले निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध हुने ग्राहकका लागि बैंक तथा वित्तिय संस्थासँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिष्ट्रेसन तथा कनेक्ट आइपिएस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको छ । जसबाट ग्राहकले एकद्वारबाटै पूँजी बजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.