एकैदिन तोलामा २ हजारले बढ्यो सुनको मूल्य

  २०८१ वैशाख २० गते ११:१२     विकासन्युज

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.