सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ८ वर्षका लागि ५ अर्बको विकास ऋणपत्र जारी गर्दै

  २०८१ वैशाख १८ गते १३:२८     विकासन्युज

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ८ वर्षका लागि ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋणपत्र व्यवस्थापन कार्यालयले वैशाख २० गते विकास ऋणपत्र २०८९ ‘ग’ जारी गर्न लागेको हो । यो ऋणपत्रको साँवा भुक्तानी २०८९ वैशाख २० गते हुनेछ।

नेपाली नागरिकले यो विकास ऋणपत्रमा लगानी गर्न मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म जारी रहने बोलकबोलका लागि तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुवै प्रणालीमा भाग लिन सक्ने सुविधा रहेकोमा प्रतिस्पर्धी कोटाका लागि कुल निष्कासन रकमको ८५ प्रतिशत अर्थात् ४ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ भने अप्रतिस्पर्धी कोटका लागि १५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ मात्र छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.