बालेनविरुद्ध अदालत पुगे निजी विद्यालय, नाम नफेर्ने अडान

  २०८१ वैशाख १८ गते ११:१६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न दिएको निर्देशन विपरित सर्वोच्चमा मुद्दा दर्ता भएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) आबद्ध करिब २० विद्यालय सञ्चालकले कामपाले दिएको निर्देशन पूर्ण रूपमा गलत भएको उल्लेख गर्दै मुद्दा दर्ता गरेका हुन् ।

विद्यालयलले शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १५४ को १ र कामपा विद्याललय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० विरुद्धमा मुद्दा दायर गरिएको जनाइएको छ । महानगरले सबै विद्यालयको नाम नेपालीमा हुनुपर्ने भन्दै गत चैत २१ गते सबै विद्यालयलाई नाम परिवर्तन गर्न पत्र पठाएको थियो ।

काठमाडौं महानगर भित्र रहेका २ सय ३४ विद्यालयको नाम अंग्रेजीमा राखेकाले नेपालीमा राख्न भनेको थियो । महानगरले चैत २७ गतेभित्र कार्यालयमा सम्पर्क गरी मौलिक नामकरण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । महानगरका अनुसार २ सय ३ विद्यालयले भने महागरमा नयाँ नाम राख्न जवाफ पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.