महानगरमा ३३ जनाले लिए निशुल्क उपचार

  २०८१ वैशाख १७ गते ११:११     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरु गरेको लक्षित वर्ग उपचार सेवाबाट अहिले सम्म ३३ जना बिरामीले सेवा लिएका छन् ।

तीन महिनाअघिबाट महानगरले सुरू गरेको उपचार सेवाबाट ३३ जनाले सेवा लिएको महानगरले जनाएको छ । निःशुल्क उपचार सेवा लिएकामध्ये १५ जनाको मिर्गौला डायलाइसिस भइरहेको छ  ।

यस्तै १२ जना बिरामी डिस्चार्ज भएका छन् । जसमा तीनजना दम, क्षयरोगजस्ता छातीसम्बन्धी (पल्मोलोजी), दुईजनाले सर्जरी (शल्यक्रिया), दुईजनाले आकस्मिक सेवा, एकजनाले स्त्री तथा प्रसूति रोग सेवा, एकजनाले पेटसम्बन्धी, एकजनाले आँखासम्बन्धी सेवा लिएको महानगरले जनाएको छ ।

यस्तै उपचार सेवा लिँदालिँदै दुईजना बिरामीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.