नेप्से १४.३३ अंक बढ्यो, फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

  २०८१ वैशाख १६ गते १६:०३     विकासन्युज


काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.३३ अंक बढेर १९८०.२७ अंकमा कायम भएको छ ।

आज १८० कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । आइतबार व्यापार समूह बाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार समूहको सूचक ९.५२ अंक (०.३४ प्रतिशत) घटेको छ ।

आइतबार फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स समूह ३.९८ प्रतिशत बढ्यो भने विकास बैंक समूह २.२३ प्रतिशत बढेको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । आइतबार दिनभर ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर ४८ हजार १८३ पटक खरिदबिक्री हुँदा कुल २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको नेप्सेले जनाएको छ । गत बिहीबार २ अर्ब ३६ करोड बराबरको कारोबार भएको थियो ।

आइतबार पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेर ६६५ रुपैयाँ पुगेको छ । यस दिन प्रोग्रेशिभ फाइनान्सको साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र बेष्ट फाइनान्सको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । रिभरफल्स पावरको सेयर मूल्य भने सर्वाधिक ४.६३ प्रतिशत घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.