लगानी सम्मेलनमा स्वास्थ्य क्षेत्रका दुई परियोजना प्रस्तुत गरिने

  २०८१ वैशाख १६ गते १२:३८     विकासन्युज

काठमाडौं । आजदेखि सुरु भएको लगानी सम्मेलनमा स्वास्थ्य क्षेत्रका दुई परियोजना प्रस्तुत हुने भएका छन् । जसमा गौतमबुद्ध प्रसूति अस्पताल र धुलिखेल मेडिसिटी परियोजना रहेका छन् । लगानी बोर्डका अनुसार ‘गौतम बुद्ध इन्टरनेसनल म्याटरनिटी प्रोजेक्ट’ नाम दिइएको उक्त अस्पताल ‘मेडिकल टुरिज्म’ का लगानी प्रस्ताव गर्न लागिएको हो ।

उक्त अस्पतालमा एन्टरनेटल र नियोनेटल केयर युनिटमा केन्द्रित हुनुका साथै प्राकृतिक विधिबाट गरिने उपचार सेवाका लागि मायादेवी वेलनेस एन्ड मेडिटेसन सेन्टर रहने छ । यस्तै काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिकामा धुलिखेल मेडिसिटी परियोजनालाई विशिष्टिकृत (सुपर स्पेसलिटी) अस्पतालका रूपमा परिकल्पना गरेर प्रस्ताव तयार गरिएको छ । यो परियोजनाको प्रस्तावित लागत ११ अर्ब रुपैयाँ छ ।

एकड क्षेत्रफलमा बनाइने प्रस्ताव गरिएको गौतमबुद्ध प्रसूति अस्पताल पाँच वर्षभित्र निर्माण पूरा हुनेछ । अस्पतालका लागि झन्डै साढे चार अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ ।

धुलिखेल मेडिसिटी परियोजनामा आधुनिक प्रविधिसँगै विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो परियोजना निर्माण गर्ने सरकारको योजना छ । विश्वस्तरीय मेडिकल सेन्टर स्थापना गर्ने र स्वास्थ्य सेवा लिन मेडिकल टुरिज्म हबका रूपमा विकास गर्ने परियोजनाको लक्ष्य छ । यो अस्पतालबाट मुटु, हाडजोर्नी, न्यूरोलोजी, क्यान्सरसम्बन्धी उपचार, कस्मेटिक सर्जरीलगायत विशेषज्ञ सेवा प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.