१७ अर्ब लागतमा बन्दै बुटवल-नारायणगढ सडक, कहिले सकिएला काम ? (तस्विरहरु)

  २०८१ वैशाख १५ गते १६:०५     मनिष अर्याल

बुटवल । वि.सं. २०७५ चैत ८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको ११३ किलोमिटर बुटवल नारायणगढ सडक खण्ड आजको दिनसम्म आइपुग्दा झण्डै ६ वर्ष पुग्न लागिसक्यो । बुटवल-नारायणगढको सडक सहरी भेगमा सिक्स लेन र जङ्गली क्षेत्रमा फोर लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो ।

एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर २०७५ सालमा सम्झौता भएको सडकको भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत पनि पुग्न सकेको छैन । पानी पर्यो त हिलो, घाम लाग्यो त धुलो अहिले सर्वसाधारणले भोग्नु परेको समस्या नै यहि छ ।

काम सुरु गरिएपछिको ६ महिनासम्म पूर्व तयारी नभएको भन्दै, त्यस लगतै कोभिड महामारीले सडकको कामलाई असर गर्यो । अहिले पुर्व र पश्चिम खण्डका केहि ठाँउमा कालोपत्रे सुरु भएको छ ।

१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.