ऐसले फर्निचर शोरुम अब नेपालमा, नयाँ युगको शुरुवात गर्ने (फोटो फिचरसहित)

  २०८१ वैशाख ७ गते १९:२८     विकासन्युज

काठमाडौं । ऐसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो शोरुमको स्थापना गरी बिक्री शुरु गरेको छ । ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा बिक्रेता मध्येको एक हो ।

टेकुस्थित ऐसलेको शोरुम ४ हजार ५०० स्क्वायर फिटमा फैलिएको छ । यहाँ ग्राहकहरुले विभिन्न आधुनिक रुपमा लिभिङ्ग रुम, डाइनिङ्ग रुम, बेडरुमको साज सज्जा सहित चाहिने सर-सामानहरु पाउने छन् । ऐसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनिय उत्पादनहरु सहित नेपालमा नयाँ युगको शुरुवात गर्ने कम्पनीले जनाएको छ ।

गत १८ वर्षदेखि ऐसले अमेरीकाको सबैभन्दा बिक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको छ । ऐसलेको विश्वभरी ६६ राष्ट्रहरुमा एघार सयभन्दा बढी होमस्टेहरु छन् । ऐसलेको आधिकारीक बिक्रेताको रुपमा एसएन जोशी एण्ड सनस् कम्पनी प्रा.लि. रहेको छ । विश्व विख्यात फर्निचर ब्राण्डहरुलाई नेपालमा ल्याई उत्कृष्ट उत्पादकहरुलाई नेपाली माझ साक्षत्कार गराउने उक्त कम्पनी विगत २० वर्षदेखि यस व्यवसायमा सकृय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.