चैत ३० गते संवाद श्रृङ्खला सञ्चालन गर्दै ह्याम्स अस्पताल

  २०८० चैत २९ गते ११:३७     विकासन्युज

काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले ‘संवाद श्रृङ्खला-१’ सञ्चालन गर्ने भएको छ । अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा चैत ३० गते बिहान साढे १० बजेदेखि धुम्बाराहीको होटल अकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको बारेमा छलफल गरी समाधानका लागि निष्कर्षसहित सुझाव निकाल्ने अस्पतालको उद्देश्य रहेको छ । जसको लागि सम्वन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको अस्पतालले जनाएको छ ।

अस्तपालका अनुसार पहिलो सत्रमा ‘भेप/ई-सिगरेट : बढ्दो गम्भीर स्वास्थ्य चुनौती’, दोस्रो सत्रमा ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु’ को विषयमा छलफल गरिन्छ र तेस्रो सत्रमा पहिलो २ सत्रको सारंश निकालिने छ ।

साथै, यस संवाद कार्यक्रमबाट छलफलका क्रममा आएका सुझावहरु लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेश गरिने अस्पताले बताएको छ । अस्पतालले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक हितको लागि ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

सन् १९९७ मा स्थापित यस अस्पतालले विगत ५ वर्षदेखि धुम्वाराहीमा अस्पताल संचालन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी भुकम्प प्रतिरोधात्मक, आगजनी लगायत अन्य दुर्घटना सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको अत्याधुनिक हेलिप्याड सहितको भवनबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । विश्वमा उपलब्ध रहेका उच्चतम प्रविधिको प्रयोग गरी देश तथा विदेशमा अब्बल मानिएका दक्ष तथा अनुभवी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा विश्वस्तरीय सेवा प्रदान गरिरहेको छ ।

सुरक्षित तथा प्रमाणमा आधारित चिकित्सकिय सेवा प्रदान गर्दै स्वास्थोपचारमा उच्च नैतिक स्तर कायम राख्नु यस अस्पतालको लक्ष्य हो । कोभिड-१९ महामारीले देशको समग्र स्वास्थ्य पूर्वाधारलाई नै ठूलो दवाव दिएको समयमा यस अस्पतालले विश्वस्तरीय सेवा प्रदान गर्दै जनताको विश्वास जित्न सफल भएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट प्रदान गर्नुका साथै ह्याम्स अस्पतालमा चिकित्सा शिक्षा आयोग अन्तर्गतको उच्च शिक्षाको पठ्न पाठन भईरहेको छ । क्रिटिकल केयर नर्सिङ्गको तालिम नियमित रुपमा भईरहेको छ । यसका साथै चिकित्सा विज्ञान सम्वन्धी विभिन्न विषयहरुमा अनुसन्धान तथा शोध-पत्र प्रकाशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.