स्किल वीक् पाँचौं संस्करण हुँदै

  २०८० चैत १९ गते १७:३१     विकासन्युज

काठमाडौं । ग्लोकल आफ्टर स्कुलले स्किल विक कार्यक्रमको पाँचौं संस्करण गर्ने भएको छ । यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको लागि कडा उद्देश्य रादख्छ । स्किल वीक एक हप्ते कार्यक्रम हो ।

जसमा विभिन्न सीपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययन लगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम मार्च ३१ देखि अप्रिल ८ सम्म सन्चालन हुनेछ । १५ देखि ३० वर्षकाले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन र सोहि कार्यक्रमबाट सिपबिकासको बारे जानकारी लिन सक्ने आयोजकले जनाएको छ । यो युवाहरुका लागि एक खुल्ला मन्च रहेको आयोजकको भनाइ छ ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ । कार्यक्रममा ४ फरक सीप क्षेत्रमा प्रदर्शन गरिनेछ । यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य विज्ञान र प्रविधि रहेका छन् । कार्यक्रमका मुख्य विशेषताहरु छलफल, सीपमूलक प्रस्तुति, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला तथा मनोरञ्जन छन् ।

कार्यक्रममा विभिन्न संघसंस्थाद्वारा अनलाइन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.