नयाँ वर्षको अवसरमा सिट्रोनको एक्सचेन्ज अफर

  २०८० चैत १५ गते १७:२६     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा सिट्रोनको एक्सचेन्ज अफर ल्याएको छ ।

नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाली नयाँ वर्षको अवसरमा अटोउत्साहीहरुका लागि अहिले चलिरहेको अफरलाई बढाएको छ ।

कम्पनीका अनुसार सांग्रिला मोटर्स प्राइभेटको यो अफरमा ग्राहकहरुले इण्डियामा बनेको फ्रेन्च ब्राण्ड सिट्रोन सी३ र सिट्रोन इ– सी३ को खरिदमा, नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस सहित २५०,००० रुपैयाँसम्मको फाइदा लिन सक्ने छन् । सांग्रिला मोटर्स प्राइभेट लिमिटेड यस अफरमार्फत ग्राहकहरुको सुविधालाई उत्कृष्टजनक बनाउनका लागि समर्पित रहेको छ ।

यस अफरको बारेमा व्यक्तिगत रुपमा सिट्रोनको शोरूममा गई थप जानकारी लिन सक्नेछन् । साथै, वैकल्पिक रूपमा कम्पनीको अफिसियल नम्बर र वेवसाइट मार्फत सीधा सम्पर्क गर्न सक्ने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.