याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक, मूल्य कति ?

  २०८० चैत १५ गते १६:०८     विकासन्युज

काठमाडौं । बजारमा याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक भएको छ । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी-६ मोडल नेपाल भित्र्याएको हो ।

कम्पनीका अनुसार याडिया जि-६ मा ३ किलोवाटको मोटर र २.७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ । यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ । यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

याडियाको जि-६ मा फुल चार्ज हुँदा १५० किलोमिटर गुड्ने बताइएको छ । फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ । फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता छन् ।

कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी दिएको छ । याडिया जि-६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.