बजाज अटो क्रेडिटमा थप ३० अर्ब लगानी हुने

  २०८० चैत १२ गते ८:५५     विकासन्युज

काठमाडौं । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन बजारमा अग्रणी भारतीय कम्पनी बजाज अटोले आफ्नो पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था बजाज अटो क्रेडिट लिमिटेडलाई थप विस्तार गर्दैछ ।

बजाजले आगामी दुई आर्थिक वर्षमा यस इकाईका लागि ३० अर्ब रुपैयाँभन्दा बढी थप लगानी गर्ने छ ।

बजाज अटो क्रेडिटले व्यावसायिक कारोबार सुरु गरेको र अब विस्तार हुने बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले बताए ।

बजाज समूहको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) लोगो अनावरण गर्न आयोजित कार्यक्रममा उनले भने, ‘लगानी ३० अर्ब रुपैयाँभन्दा बढी हुनेछ ।’

गत वर्ष अगस्टमा भारतीय रिजर्भ बैंक (आरबीआई) बाट इजाजतपत्र प्राप्त गरेपछि बजाज अटो क्रेडिटले १ जनवरी २०२४ देखि कारोबार सुरु गरेको थियो ।

रेटिङ एजेन्सी क्रिसिलका अनुसार ३१ जनवरी २०२४ सम्म कम्पनीले १ अर्ब ३ करोड रुपैयाँको सम्पत्ति व्यवस्थापन गरिरहेको थियो । उसको कुल सम्पत्ति ७८ करोड रुपैयाँ थियो र ऋण १ अर्ब ५१ करोड रुपैयाँ थियो ।

‘कम्पनीले प्रमोटर कम्पनी बजाज अटोबाट १ अर्ब ४५ करोड रुपैयाँको इक्विटी पुँजी प्राप्त गरेको छ र आर्थिक वर्ष २०२५/२६ मा ३३ अर्ब रुपैयाँभन्दा बढी प्राप्त गर्ने अपेक्षा गरेको छ,’ क्रिसिलका एक अधिकारीले भने ।

क्रिसिलका अनुसार कम्पनीका दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन खरिदका लागि बजाज अटो क्रेडिटले ऋण उपलब्ध गराउने छ र सबै नयाँ कर्जा बजाज अटो क्रेडिटले चरणबद्ध रूपमा उपलब्ध गराउने छ ।

बजाज फाइनान्सले यसअघि नै बजाज अटो कारखानामा उत्पादन गरेका सवारीसाधनहरू नयाँ कम्पनीमा स्वतः हस्तान्तरण भइरहेका छन् । यो सबै काम जुन २०२५ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

बजाज अटो क्रेडिट बजाज अटोको पूर्ण स्वामित्वमा रहेको वित्त कम्पनी हो । यसमार्फत बजाज अटोका दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन किन्न आउने ग्राहकलाई ऋण उपलब्ध गराइने छ । अहिलेसम्म यो काम बजाज फाइनान्सले मात्र गर्दै आएको थियो ।

समूहका दुई एकाइ बजाज फाइनान्स र बजाज हाउजिङ फाइनान्सलाई आरबीआईले माथिल्लो श्रेणीको एनबीएफसीका रूपमा वर्गीकृत गरेको छ ।

यस श्रेणीमा परेका कम्पनीहरूलाई एनबीएफसीहरूका लागि नियमहरू संशोधन भएको तीन वर्षभित्र सूचीकृत गर्नुपर्ने छ । नयाँ नियम १ अक्टोबर २०२२ देखि लागु भएको छ ।

बजाज फाइनान्स पहिले नै सूचीबद्ध छ तर बजाज हाउजिङ फाइनान्स अझै स्टक एक्सचेन्जमा छैन । बजाज समूहले आफ्नो हाउजिङ फाइनान्स शाखाको सूचीकरणबाट छुट मागेको छ ।

बजाज अटो क्रेडिटलाई क्रिसिलद्वारा एएएर/स्थिर/क्रिसिल ए1+ रेटिङ दिइएको छ । रेटिङलाई उचित ठहर गर्दै क्रिसिलले रेटिङ दिँदा कम्पनीले बजाज अटोबाट पूर्ण सहयोग पाउने कुरालाई ध्यानमा राखिएको छ र बजाज अटोका लागि पनि यो निकै महत्वपूर्ण रहेको बताएको छ ।

साथै, अनुभवी व्यवस्थापन टोली र पर्याप्त पुँजीलाई ध्यानमा राख्दै बलियो रेटिङ दिइएको क्रिसिलको भनाइ छ ।

बजाज अटोले आर्थिक वर्ष २०२४ को पहिलो ११ महिनामा देशमा २० लाख ६७ हजार ५ सय ८१ दुई पाङ्ग्रे सवारीसाधन बिक्री गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ४ लाख २६ हजार ७ सय ४६ तीन पाङ्ग्रे सवारीसाधन पनि बिक्री गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६० प्रतिशत बढी हो ।

चालु आर्थिक वर्ष वैशाखदेखि फागुनसम्ममा कुल २५ लाख ९४ हजार ३ सय दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन बिक्री भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.