ग्लोबल मनी वीक : कृषि विकास बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

  २०८० चैत ११ गते ९:२३     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको प्रदेश कार्यालय वीरगञ्जले ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

‘प्रोटेक्ट योर मनी सेक्युर योर मनी’ भन्ने नारा लिई विश्वब्यापी रुपमा मार्च १८ देखि २४ मार्च सम्म मनाउदै गरिएको ग्लोबल मनी वीक २०२४ नेपालमा समेत विभिन्न संघ संस्थाहरुले देश भरि नै विभिन्न कार्यक्रमहरु गरि मनाउने क्रम जारी रहेको छ । ग्लोबल मनी वीक २०२४ सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ ।

ग्लोबल मनी वीक २०२४ को अवसरमा कृषि विकास बैंक प्रदेश कार्यालय बीरगञ्जले बिहीबार बीरगञ्ज स्थित बीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकको उच्च व्यवस्थापनबाट उप–महाप्रबन्धक डा. बाबूकाजी थापाको उपस्थितीमा भएको कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जका प्रदेश निर्देशक राम प्रसाद गजुरेलले गरेका थिए ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्य, प्रिन्सिपल डा. विनय श्रेष्ठ, कृषि विकास बैंक लि. शाखा कार्यालय बीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटी तथा प्रदेश कार्यालय बीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठ लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने उक्त कलेजमा अध्यनरत स्नातक एवं स्नाकोत्तर तहका विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।

कृषि विकास बैंक लि. प्रदेश कार्यालय वीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठले उद्घोषण गर्नु भएको उक्त कार्यक्रमको शुरुवातमा कृषि विकास बैंक लि. शाखा कार्यालय वीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटीले स्वागत मन्तव्य राख्नु हुँदै ग्लोबल मनी वीक २०२४ को शुरुवात सन् २०१२ मा भएको र हालसम्म आइपुग्दा विश्वका १७६ भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रमहरु गरि मनाउने गरिएको उल्लेख गर्दै कार्यक्रमको महत्वको विषयमा चर्चा गरे ।

कार्यक्रमको मुख्य श्रोतब्यक्तिको रुपमा रहनु भई उप–महाप्रबन्धक डा.बाबूकाजी थापाले ग्लोबल मनी वीक को अवधारणा, महत्व एवं कृषि विकास बैंककले वित्तीय साक्षरता अभिबृद्धिको लागी गरि रहेको कार्यक्रमहरु साथै बैंकका सेवाहरु बारे समेत संक्षेपमा जानकारी गराए । विभिन्न श्रब्यदृष्यहरुको माध्यमबाट सहभागी विद्यार्थीहरु समक्ष ग्लोबल मनी वीक को उद्देश्य प्रष्ट पार्नुका साथै कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुसंग अन्र्तक्रिया गरिएको थियो ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्यले बैंकिङ्ग सेवाहरुमा आएको आधुनिकताले बैंकिङ्ग सरल र सहज हुदै गएको उल्लेख गर्दै बैंकबाट लिएको कर्जाको पूर्ण सदुपयोग तथा वित्तीय अनुशासनको पूर्ण पालना गर्नु पर्ने धारण राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.