विकास बैंकहरू पनि पुँजी कोषको दबाबमा, वित्त कम्पनी सहज अवस्थामा

  २०८० चैत ८ गते ११:३८     विकासन्युज

काठमाडौं । आधा दर्जन विकास बैंकको प्राथमिक पुँजी कोष टाइट हुँदा चालु आर्थिक वर्षको नाफाबाट आगामी लाभांश बाँड्न नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आधा दर्जन विकास बैंकको पुँजी कोष टाइट अवस्थामा रहेको छ ।

प्राथमिक पुँजी कोष कायम गर्न नसकेका बैंकहरूले सेयरधनीलाई लाभांश विपतरण गर्न पाउँदैनन् । राष्ट्र बैंकका अनुसार हाल प्राथमिक पुँजी कोषको सीमा साढे ८ प्रतिशत कायम गर्नु पर्ने प्रवाधान छ । सो व्यवस्था कायम गर्न नसक्ने बैंकले आगामी वर्ष लाभांश बाँड्न नपाउने व्यवस्था छ । राष्ट्र बैंकले ९ प्रतिशतभन्दा कम प्राथमिक पुँजी कोष भएका विकास बैंकलाई वाच गरेर हेरिरहेको हुन्छ ।

जसअनुसार गत पुस मसान्तसम्म मुक्तिनाथ विकास बैंकको पुँजी कोष ८.२६ प्रतिशतमा झरेको छ । यस आधारमा बैंकले नियामकको प्रावधान अनुसार पुँजी कोष पुर्याउन नसक्दा आगामी वर्ष लाभांश वितरण गर्न नपाउने भएको हो ।

पुस मसान्तसम्मको तथ्याङ्क अनुसार मुक्तिनाथले आगामी वर्ष लाभांश वितरण गर्न नपाउने भएपनि अन्य बैंक पनि सीमा नजिक रहेकाले सकस अवस्था देखिन्छ । महालक्ष्मी विकास बैंकको पुँजी कोष ९.७० प्रतिशत र लुम्बिनी विकास बैंकको ९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, ज्योति विकास बैंकको ५.५९ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ८.७४ प्रतिशत, कामना सेवा विकास बैंकको ८.८९ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ८.७१ प्रतिशत पुँजी कोष रहेको छ ।

यस्तै, अधिकांश वित्त कम्पनीहरू सहज अवस्था रहेपनि गुडविल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र आइसीएफसी फाइनान्स कम्पनीलाई भने सकस अवस्था देखिन्छ । राष्ट्र बैंकको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार गुडविल फाइनान्सको ८.६७ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९.४६ प्रतिशत र आइसीएफसी फाइनान्सको ९.७८ प्रतिशत पुँजी कोष रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.