८ महिनामा १० खर्ब नाघ्यो आयात, १ खर्बको मात्रै निर्यात

  २०८० चैत ६ गते १५:३१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म कुल १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँबराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ महिनाको अवधिमा आयात २.६६ प्रतिशतले घटेर सो रकम कायम भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कुल १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

८ महिनाको अवधिमा निर्यात पनि ३.९९ प्रतिशतले घटेर १ खर्ब ६१ करोड ४ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँबराबरको निर्यात भएको थियो ।

विभागका अनुसार ८ महिनाको अवधिमा व्यापार घाटा २.५२ प्रतिशतले घटेर ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँको व्यापार घाटा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.