एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’ : अफरोडमा पनि गज्जबको पफर्मेन्स

  २०८० चैत १ गते १८:०५     विकासन्युज

काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउण्ट मोटर्सले एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’ गरेको छ । कम्पनीले शुक्रबार अफरोडमा स्ट्रेन्थ टेस्ट गरेको हो ।

कम्पनीले १०० जनाभन्दा बढी सेलिब्रेटी, मिडियाकर्मी र शोसल मिडियामा प्रभाव पार्ने मानिसहरूलाई सहभागी गराएर ‘स्ट्रेन्थ टेस्ट’ गराएको छ । धुलिखेलमा रहेको डर्ट ट्याम्पलमा विशेष ट्रयाक बनाएर ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरूले आफैंले ड्राइभ गरेका थिए ।

अफ्ठ्यारो बाटोमा पनि गाडीले राम्रो पफर्मेन्स दिएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । एमजी फोर बिग्रिएका, खाल्डाखुल्डी, हिलो तथा कच्ची बाटोहरुमा पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

कारमा ६४ किलोवाट ब्याट्री र यसको मोटर पावर ९९ किलोवाट रहेको कम्पनीले जनाएको छ । फुल अप्सनमा सार्वजनिक गाडीको लक्जरी मोडलको मूल्य ४९ लाख ९९ हजार छ ।

४४० किलोमिटर रेञ्जमा सार्वजनिक गाडीको अधिकतम टर्क २५० एनएम छ । गाडीले १५० किलोवाटसम्मको फास्ट डिसी चार्जर सपोर्ट गर्छ ।रियर ह्विल ड्राइभ रहेमो एमजी–४ को टप स्पिड १६० किलोमिटर प्रतिघण्टा छ ।

गाडीमा इन्डिपेन्डेन्स सस्पेन्सर हुँदा अफरोड बाटोमा कुदाउन सहज हुन्छ। कम्पनीले कम्फर्ट सेगमेन्टमा ४१ लाख ९९ हजारमा बिक्री गर्दै आएको छ । एमजी–४ ह्याचव्याग स्पोर्टी गाडी हो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.