नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने

  २०८० चैत १ गते १२:१७     विकासन्युज

काठमाडौं । नबिल बैंकले अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ ।

बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको खण्डमा ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

बैंकले ८ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर बिक्री गर्नेछ । राष्ट्र बैंकले स्वीकृति दिए मुनाफा भएको वर्षमात्र लाभांश वितरण गर्ने र सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर प्राइभेट प्लेसमेन्ट गरी बिक्री गर्ने निर्णय बैठकले गरेको छ।

यस्तै, ८ वर्षे अवधिको ८ प्रतिशत ब्याजदर भएको ‘८ %  नबिल डिबेन्चर २०८९’ पनि जारी गर्ने निर्णय सञ्चालक समितिबाट पारित भएको बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.