बंगलादेशसँग विद्युत व्यापारको नजिक पुगेका छौँ : प्रधानमन्त्री दाहाल

  २०८० फागुन ३० गते १३:३४     विकासन्युज


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बंगलादेशमा ४० मेगावाटसम्म विद्युत निर्यात गर्न त्रिदेशीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत व्यापारको नजिक पुगेको बताए । ‘चीनतिर पनि विद्युत व्यापारको ढोका खुल्दै छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत पूर्वाधारमा निकै धेरै काम गर्नुछ ।’

जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै उनले संयुक्तराष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र युएईको दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको समेत स्मरण गरे ।

‘हामीले सन्देश दियौँ, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘सरकारका उपलब्धिहरूको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यति उपलब्धि पर्याप्त थिएनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.