चैत महिनाका लागि कृषि विकास बैंकले घटायो ब्याजदर

  २०८० फागुन ३० गते ८:०७     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले चैत महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने रेमिट्यान्स मुद्दतीमा भने ६.६६६१ प्रतिशत तोकेको छ । यसअघि फागुनमा संस्थागततर्फ ४.९४३ प्रतिशत र व्यक्तिगततर्फ ६.४४३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा भने स्थिर राख्दै न्यूनतम ३ प्रतिशतदेखि ४.७६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ५.७६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.