७ वटा नगरपालिका उत्कृष्ट घोषित

  २०८० फागुन २९ गते १८:२९     विकासन्युज

काठमाडौं । विभिन्न ७ वटा नगरपालिका उत्कृष्ट नगरपालिकाका रूपमा घोषित भएका छन् । नगरपालिका संघको ३१औं स्थापना दिवसका अवसरमा विभिन्न ६ नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो

संस्थागत विकास तथा सुशासनमा दाङको घोराही उपमहानगरपालिका उत्कृष्ट बनेको छ । यस्तै, स्थानीय आर्थिक विकासमा बुटवल उपमहानगरपालिका, सामाजिक विकासमा गौर रौतहटको नगरपालिकापालिका उत्कृष्ट बनेको हो ।

वन वातावरणको क्षेत्रमा रत्ननगर नगरपालिका र चौरजहारी नगरपालिका उत्कृष्ट घोषित भए । यस्तै, सहरी योजना तथा विपद व्यवस्थापनमा गोदावरी नगरपालिका काठमाडौ र भिमदत्त नगरपालिका उत्कृष्ट घोषित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.